काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमणलाई सामान्य रूघाखोकी भन्दै बेवास्ता नगर्नुस्: स्वास्थ्य मन्त्रालय

4.81K
shares
khanepani bord

काठमाडौ । काठमाडौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (काेराेनाभाइरस) संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए तत्काल कोरोना परीक्षण गराउन आग्रह गरेको छ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ।

चैत १३ गते सोमबार एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।

IME
khanepani