काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

रामारोशनको अवलोकन गर्दै मुख्यमन्त्री शाहले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति आउँछ’

5.71K
shares
khanepani bord

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारले ठोस नीति ल्याउने बताएका छन् । पर्यटकीय क्षेत्र रामारोशनको अवलोकन गर्दै उनले सरकारले ठोस नीति ल्याएर प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने बताए ।

‘प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ’ उनले भने, ‘ पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र प्रदेशको विकास हुन्छ । पर्यटन क्षेत्रले आर्थिक संवृद्धिमा महत्त्वपूर्ण टेवा पुग्छ ।’

रामारोशनको अवलोकनमा मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि पुगेका थिए । उनले पनि पर्यटकीय क्षेत्र सम्म पर्यटकलाई सहज रूपमा पुग्ने व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए ।

उनीहरूले रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरेका थिए । उनीहरू सँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद , रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि , कर्मचारी , स्थानीयहरूको सहभागिता रहेको थियो ।

रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।

सडकको समस्या भएको बताउँदै स्थानीयले तत्काल सडक पूर्वाधारलाई विकास गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

khanepani