काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

युवा संघ भोजपुरको नेतृत्व सर्वसम्मत, रविन थापा बने अध्यक्ष

4.06K
shares
khanepani bord

भोजपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल भोजपुरमा नयाँ नेतृत्व चयन भएको छ ।

भोजपुर सदरमुकाममा बुधबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट रविन थापाको नेतृत्वमा ४३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

संघको उपाध्यक्षमा धनकुमार राई, सचिवमा भिषण राई, सहसचिवमा दीपेश राई, विष्णु मगर र कोषाध्यक्षमा भावना कार्की चयन भएका छन् ।

अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू विनोद ढकाल, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर राई, अइन्द्र सुन्दर नेम्बाङ, युवा संघका अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष शरणकुमार राईलगायतका नेताहरू सहभागी थिए ।

khanepani