काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

ओलीले भने, ‘माओवादीको जनयुद्ध होइन हिंसा थियो, हामीले व्यवस्थापन गर्‍यौं’

5.12K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले गरेको दश बर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धको आफू सबै विरोधमा रहेको बताए ।

उनले भने, ‘जनयुद्धको मैले लगातार विरोध गरेको छु । माओवादीले गरेको जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर नेताको के स्वार्थ थियो । कार्यकर्तालाई महान् परिवर्तन ल्याइन्छ भनेर सेन्टिेमेन्टमा लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैन त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्धन्द्ध जन्मायो। दुखद् परिणाममा देश पुग्यो ।’

उनले आफ्नो पार्टी सरकारमा हुँदा हुँदै प्रचण्डले एकतर्फिरुपमा बिदा दिएर राष्ट्रिय उत्सव मनाउन खोजेपछि आफूले आलोचना गरेको बताए ।

‘हामीले माओवादी आन्दोलनको हामीले व्यवस्थापन गर्यौं । जनयुद्ध भएको भए सफल पार्नुपर्थ्यो । मैले उहिले पनि भन्ने गरेको थिएँ । माओवादी एउटा आन्दोलन हो। जसको समस्या गर्नुपर्छ । त्यसैले हामीले कहिलेपनि महान् जनयुद्ध भनेका छैनौं’ उनले भने ।

IME
khanepani