काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त

4.47K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्। उनी धनकुटाका हुन्।

आफूलाई राष्ट्रपतिले राजनीतिक सल्लाहकार नियुक्त गरेको थापाले बताए। उनले नियुक्तिपत्रसमेत लिइसकेका छन्।

राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए।

IME
khanepani