काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

बहुप्रतिक्षित मानिएको चलचित्र ‘नाईं नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक

5.11K
shares
khanepani bord

काठमाडौं । सन् २०२२ कै बहुप्रतिक्षित मानिएको चलचित्र ‘नाईं नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्रको ट्रेलरमा बच्चादेखि युवासम्मको प्रेमकथा देखाइएको छ ।

ट्रेलरले प्रेममा गरिने त्याग र द्वन्द्वको कथालाई समावेश गरेको छ । केही दिनअघि मात्र यस चलचित्रको शीर्ष गीत रिलिज भएको थियो ।

आँचल शर्मा, आशीर्वाद क्षेत्री, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई विकासराज आचार्य र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।

चलचित्रको कथा भने विकासले सामिप्यराज तिमिल्सिना र अरुणदेवी जोशीसँग मिलेर लेखेका हुन् । आँचलको प्रेमीको रुपमा देखिएका आशीर्वादको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन् । हिमाल केसीको एक्सन निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको चलचित्रमा भुपेन्द्र अधिकारी, बसन्त सापकोटा र शरद शंकरको संगीत छ ।

khanepani