काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि उड्डयनमन्त्री सुदन किराँतीले बोलाए आकस्मिक बैठक

4.3K
shares
khanepani bord

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आकस्मिक बैठक बोलाएका छन् । बिहीबार विमानस्थलका अधिकारीसँग बैठक बसेर विमानस्थलमा यात्रुले पाइरहेको सास्तीबारे मन्त्री किराँतीले चासो राखेका हुन् ।

उनले ब्यागेज चोरिएको, विद्युतीय भर्‍याङको अवस्था, जहाजको उडान-अवतरण नियमितताको अवस्था, एयरपोर्टभित्रको महँगी, शौचालयको अवस्थालगायत १२ विषयमा चासो राखेका हुन् । आफूले उठाएका सवालबारे बोलेर, लेखेर नभई परिणाममा समाधान खोजेको मन्त्री किराँतीले बताए ।

यसअघि पटकपटक अनुगमन र निर्देशन दिँदा पनि समस्या समाधान नभएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले निम्न प्रश्नहरूको परिणाम खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्-

१, व्यागेज चोरिएको घटनाहरू सत्य हो ?

२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ्ग के हुँदैछ कहिलेसम्म बनि सक्छ ?

३, सरसफाइ अभियान के कस्तो चल्दैछ ?

४, समयमा जहाज उड्दैछ कि छैन ?

५, ब्रेकविनाको ट्रली किन्ने प्रकृया के हुँदैछ ?

६, एयरपोर्टभित्र महङ्गी नियन्त्रण भयो कि भएन ?

७, ब्रेकविनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?

८, शौचालयभित्र बजिरहेको सङ्गीत किन बन्द भयो ?

९, महिला शौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?

१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?

११, एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ?

१२, एयरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन ?

khanepani