काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

अमेरीकामा बसोबास गर्ने कृष्ण लमिछानेले आत्माहत्या रोज्नुको रहस्य ‘नेपालमा भएकि प्रेमिका’

5.68K
shares
khanepani bord

कृष्ण लामिछानेले नेपालको गोरखाबाट अमेरीकामा पुगेर आत्माहत्या गरे । यो घटना सार्वजनिक भएपछि सामाजिक संञ्जालमा उनको आत्माहत्या भाइरल नै भयो । टिकटक, फेसबुक र युटुबमा लामिछानेको आत्माहत्यालाई लिएर उनको परिवारलाई समेत लान्छाना लगाउने अभिव्यक्तिका समाचारहरु पनि प्रकाशित भए ।
लामिछाने सामाजिक मानिस थिए । उनले समाजमा रहेका मानिसहरुका समस्या समाधान गर्न, उनीहरुका घाउमा मलम पट्टी लगाउदै आएका थिए । उनी सामाजिक थिए । ज्ञानी थिए । इमानदार पनि थिए । राजनितिज्ञ पनि थिए, तर उनी दायित्व र कर्तव्य परायण चाहि थिएन कि भन्ने मलाई लागेका छ । अमेरीकामा बसेर दुःख गरि खाने विद्धवान लेखक, पत्रकारहरु, सामाजिक अभियान्ताहरुले पक्ष र विपक्षमा आफ्नो विद्धत्व प्रर्दशन गरिरहेका कुराले मैले यहि अनुमान लगाउन पुगेको छु ।
पत्रकार सच्चि मैनालीले यस्तो लेख्नु भएको छ, “आफुले पैसा फिर्ता दिएको प्रमाण पठाउने र पनि दिन बॉकि भएको देखिएमा प्रमाण पुगेको पैसा कृष्ण दाईको परिवारसंग कुरा गरेर यो बिषयलाई टुगंयाउने ….थापा दिदिले बताउनुभएको छ । कसैले पनि कमेन्टमा जथाभावि फोटोहरू नराखौं । कुरा लेनदेनको हो । उहॉको पनि परिवार छ । उहॉको बेईजत, बदनामी हामीले गर्नुहुँदैन । उहॉजस्तै नाम गरेको ….थापा अरूपनि हुनुहुन्छ । बिचार गरौं । अब यो बिषयलाई उहॉहरूको परिवारबाटै टुगंयाउने भएकोले मैले मेरो यस अघिको पोष्ट अहिलेलाई only me मा राख्दैछु ।
नोटः २ लाख रूपैंया भने नेताहरूलाई दिएको उहॉले जानकारी गराउनुभएको छ ।”

पत्रकार, कलाकार तथा सामाजिक अभियान्ता राम प्रसाद खनालले कृष्ण लामिछानेबाट सिक्नु पर्ने कुरा भन्दै भिडियो नै बनाउनु भयो ।
त्यसैगरि प्रतिक्षा अधिकारीले त लामो लेख नै लेख्नु भयो । त्यो मेरो (स्तंभकार) सम्पादक र संचालक भएको अनलाइन पत्रिका नेपाली जनतामा उक्त लेख प्रकाशित पनि भयो । उक्त लेख प्रकाशित भएपछि कृष्ण लामिछानेको रहस्यमय आत्माहत्याको विषय उनकै परिवारलाई जति थाहा छ, त्यो अरुलाई हुने कुरा भएन । एक जना पत्रकारसँग कृष्ण लामिछानेकि धर्मपत्नीको सम्पर्क खोजे । ती पत्रकारले लामिछाने पत्नीको नम्बर उपलब्ध गराईएपछि मैले उहाँसँग सम्पर्क गरे ।
अमेरीका स्वर्गको हो भन्ने हाम्रो समाज छ । अमेरीका जाने भनेपछि नेपालमा मन्त्री, सचिव भएका मान्छेहरुले पनि देश छोडेर अमेरीकाको बसोबास अगालेका छन । यस्तो ठाउँमा पुगेको मानिसले किन आत्माहत्या गरेको होला भन्ने कुराले मेरो मन र मस्तीष्कलाई घोचि रहेको थियो ।
कृष्ण लामिछानेको धर्मपत्नीसँग मेरो लामो कुराकानी पछि मैले केही पौराणीक कथाका पात्रहरुको याद आयो । लामिछाने दाई सबै गुणले युक्त भएपनि कर्तव्य र दायित्वबाट चाहि निक्कै टाढा रहेको मैले महाशुस गरे । विभिषण नभएको भए रामले राबणको हत्या गर्न सक्ने थिएन ।
यहाँ पनि यहि पौराणीक कथासँग मेल खाने पत्रहरुका कारण कृष्ण लामिछानेले आत्माहत्याको बाटो रोजेको अनुमान गर्न सकिन्छ ।
सामाजिक सञ्जालमा आएर लामिछाने पत्नीलाई गाली गर्नेहरुले पहिले उनी भएर सोच्न सके अझ राम्रो हुने छ ।
नेपालका पूर्व पत्रकार हाल अमेरीकामा बसेवास गर्ने निल खड्काले कृष्ण लामिछाने प्रकरणका विषयमा फेसबुकमा स्टाटस लेख्दै भन्नु हुन्छ, “अमेरिकामा कृष्ण लामिछाने आत्महत्या प्रकरण:-
उनकी श्रीमती र छोरीहरूलाई दोषी देखाउँदै गाली गर्नु बेकार रहेछ। अहिले एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका लामिछाने दम्पतिबीचको पहिलेका संवाद, लामिछाने र नेपालमा रहेकी उनकी प्रेमिका भनिएकी महिलाबीचको संवादहरू सुन्दा त लामिछानेकी श्रीमती र छोरीहरूलाई गाली होइन, सहानुभूती दिनुपर्ने देखियो।
समाज सुधार्छु भन्दै हिँड्ने कथित अभियान्ताज्यूहरू ! पहिले आफू सुध्रिनुस्, आफ्नो घर र परिवार सम्हालेर सुधार्नुस्। समाजको चिन्ता तपाईंले गर्नै पर्दैन। तपाईंहरू सुध्रिए समाज आफैँ सुध्रिन्छ। आफ्नो घर भाँडेर समाज सुधार्छु भन्दै हिंड्न अलि सुहाउँदैन क्या।

नेपालमा उनकी प्रेमिका को थिइन र उनले लामिछानेले आत्माहत्या रोज्नु पर्ने खालको काम के गरिन भन्ने आम मानिसहरुमा चासो र जिज्ञासाको विषय बनेको छ ।
कृष्ण लामिछानेकि धर्मपत्नी र्निदोश हुनु हुन्छ भन्न हिचकिचाउनु पर्ने अवस्था छैन । सामाजिक अभियान्ता हुन पाइन्छ तर, त्यसले अर्को मानिसलाई धक्का दिन पाइदैन । यो उसको मानवअधिकार हनन हो । लामिछाने दाईले परिवारलाई मिलाउने भन्दा पनि परिवारलाई आर्थिक, सामाजिक र नैतिकरुपमा कमजोर बनाउने काम क्रमशः गर्दै जानु भएछ । साना साना गल्ती र कमजोरीहरुलाई लुकाउने प्रयास गर्दा गर्दै उहाँ उम्कनै नसक्ने खाडलमा पस्नु भएछ ।
उहाँमा अहिलेसम्म आर्जन गरेको सामाजिक प्रतिष्ठा र परिवारसमेत गुम्न सक्ने भय र त्रासले नराम्रोसँग गाँजेको अनुमान गर्न सकिन्छ । यहि भय र त्रासका कारण आत्माहत्या जस्तो जघन्य अपराध गर्न पुगेको ठोकुवा त गर्न सकिदैन अनुमानचाँहि अवस्य पनि लगाउन सकिन्छ ।

khanepani