काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

साउद एण्ड तेजेन्द्र कम्पनीको केयूकेएलमा दादागिरी, आधिकारीकको भद्दा मजाक

5.11K
shares
khanepani bord

“कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि” भएको बाँदरको हातमा नरिवल दियो भने के गर्ला ? केयूकेएल आधिकारीक टेड् यूनियन जस्तै होला ? भनेर कसैले भन्यो, भने ठिकै भनेछ, भन्छन होला ?

माघ २३ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा करिव २२ बर्षपछि कर्मचारीहरुको आधिकारीक टेड्र युनियनको चुनाव भयो । चुनावमा हार जित स्वभाबिकै हुन्छ । यो चुनावपछि जीत निकाल्ने यूनियनका नेताहरु जसरी प्रस्तुत हुनु पर्ने थियो । उनीहरु ठिक उल्लो गरि प्रस्तुत भएको घटना क्रमले देखाएको छ ।

उनीहरुले यसलाई मत्क्ता हात्तिको जस्तो रवाफ देखाउन थाले । आधिकारीक टेड्र युनियन भनेको कुनै ग्रह हैन । यो कर्मचारी युनियनहरुको शक्ति हो । यो शक्तिको गलत तरिकासँग प्रयोग हुन थाले खारेज पनि हुन सक्छ भन्ने हेक्का रहनु आवश्यक छ ।
यो कुनै कानुन अनुसारको संचालक समिति पनि हैन । यो अधिकार प्राप्त व्यवस्थाक पनि हैन । यसले नियमको कुनै रुल तथा रेगुलेशन पनि गर्न सक्दैन । यो केवल श्रमिक कर्मचारीहरुको हकहितमा बोल्ने सस्था हो ।

आधिकारीक टेड्र युनियन भनेको व्यवस्थापक र संचालन समितिवीचको पुल हो । कर्मचारीहरुको सरुवा, बढुवा निति नियम अनुसार हुन्छ । कुनै कर्मचारी अनवरत मालदार ठाउँमा बसीरहेको छ । त्यसमा व्यवस्थापक वा संचालक समितिको स्वार्थ देखियो भने सच्याउन दवाव दिने हो ? सरुवा नै बदर गर भन्नेहरु को को कुन कुन ठाउँमा कति वर्षदेखि बसेका छन । त्यसको खोजि गरेर तत्काल सरुवा गरेर अन्यायमा परेकालाई न्याय दिने काम आधिकारीक वालाहरुको हो । आफै धामी आफै बोक्सी हुने होइन ।

आधिकारीक टेड्र युनियनका अध्यक्ष नवलसिंह साउद जाउलाखेल शाखाबाट सरुवा भएर महाकाल चौर शाखामा प्रशासन तथा खरिद प्रमुख हुन । साउदमा अलिकति पनि नैतिकता र इमान भए अरुलाई मौका दिनु पर्ने हैन । उनी अविछिन्न राम्रो र मालदार ठाउँमा बसि रहनु पर्ने कारण र तथ्य के हो ? यी अछामबाट हात्तिछाप चप्पल पट्काउदै काठमाडौं छिरेका हुन । अहिले भक्तपुरको ठिमिमा अछामको कुन जग्गा बेचेर ठिमिको आलिनसान बंगल बन्यो । यसको जवाफ कुनै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनु परे के देलान ? प्रश्न अब उठिसकेको छ । अविछिन्न कमाउने ठाउँमा धाक, धम्की र रवाफ दिएर बसेर अकुत कमाई गरेकै हो । केयूकेएलको तलवले काठमाडौंमा डेरा भाडा र बच्चालाई पढाउन पनि सकिन्न । यो सत्य हो ।

स्याङजाका तेजेन्द्र जंग कार्की, धार्दिङका कुमार बहादुर सिंखडाको अवस्था पनि साउदको जस्तै हो । दुध बढी उम्लेको खण्डमा भाडामा एक थोपा पनि नरहिकन भुइमा पोखिन्छ । अहिले यस्तै भएको छ, साउद कम्पनीमा ।
साउदलाई केयूकेएल संचालन समितिले अध्यक्षको कुर्चीमा तिमिबस भने भने साउदले बस्न हिम्मत गर्दछन होला ? यदि ज्ञानेन्द्र बहादुर कार्कीले तेजेन्द्रलाई मेरो कुर्चीमा बसेर कर्मचारीहरुको सरुवा गर भने भने कार्कीले त्यो हिम्मत कसरी गर्लान ?त्यसैले अराजकताको पनि सिमा र परिधि पक्का हुन्छ त्यसको सिमा पार भएमा साउद कम्पनीको केहि चल्ने अवस्था हुने छैन । त्यतिखेर साउदसँग आफ्नो कमाई खाने भाडो जोगाउनुको विकल्प रहने छैन ?

आधिकारीक चुनाव जीत हाँसील गरेको दुई महिना चैत्र २३ गते पुग्छ । आजसम्म आधिकारीक टेड्र युनियनका पदाधिकारीहरुको साइन वोर्ड कतै देखिएको छैन । उनीहरुको कार्यालय स्थापना हुन सकेको छैन । चुनाव जित्न नपाइकन मालदार ठाउँमा आफ्ना हुक्के र चिलिमेहरुको सेटिङ मिलाउनु पर्ने, अधिकार प्राप्त निकायले गरिरहेको काममा अनावश्यक दवाद र्सिजना गरिरहनुको अर्थ स्वार्थ हैन । त्यो प्राप्त नहुना साथ आन्दोलनको धम्की दिनु कार्यालय परिसरमा नाराजुलुस गर्नु कुन प्रजातन्त्र भित्र पर्दछ ।

दुई महिना पनि नपुगेको शिशु आधिकारीक टेड्र युनियनको सबै तिर बद्नाम हुने काम गर्नु भद्दा मजाक बाहेक केहि होइन ।
अधिकार विहिन सिइओ मिलन शाक्यले सुन्दरी जल मेलम्चीको पानी प्रशोधन केन्द्र कुनै प्राइभेड कम्पनीलाई ठेक्कामा दिन बातावरण बनाउने काम गरेको भन्ने सूचना बाहिरीएको छ ।

केयूकेएलमा जनशक्ती कम भएको र अन्य बाहाना बनाएर ठेकेदारसँग सौदाबाजी भइरहेको थियो भन्ने विषय खोज्नु पर्ने होइन । तर, उल्टो कामको परिमाण निकाल्ने व्यवस्थापकहरुलाई सरुवा खारेज गर भन्नुले कतै साउद कम्पनी पनि यहि बाटोमा त थिएन भन्ने प्रश्न पानीमा सरोकार राख्नेहरुले उठाउन थालेका छन ।

khanepani