काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन पाइने

4.69K
shares
khanepani bord

काठमाडौं । सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेका हुन् ।

यसअनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम प्रवक्ता डण्डुराज घिमिरले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् । उनका अनुसार अहिले सबै प्रकारका श्रम स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सकिने व्यवस्था छ । सरकारले वैशाख १ गतेसम्म सेवा केन्द्रको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको घिमिरेले बताए ।

सरकारको निर्णयले आफैं अनलाइन फारम भर्न नसक्नेलाई सहज हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७५३ वटै स्थानीय तहबाट यस्तो सेवा पाउँदा सेवाग्राहीले सहज महसुस गर्ने अपेक्षा गरिएको छ ।

khanepani