काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, सात घाइते

3.77K
shares
khanepani bord

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ।

शनिबार बेलुका सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको बा १६ च ३८२५ नम्बरको बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा सडकबाट करिब चारसय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेको रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।

दुर्घटनामा सात जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले बताए।

khanepani