काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए,कोभिडयताकै सबैभन्दा धेरै

4.82K
shares
khanepani bord

काठमाडौं । एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ को तुलनामा ७८ प्रतिशत सुधार हो । सन् २०१९ मा मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष कोभिड-१९ सुरु भएको थिएन ।

भारतीय र अमेरिकी तथा युरोपबाट आगमनमा सुधार हुँदा समग्र पर्यटनमा सकारात्मक संकेत देखिएको उनले बताए । यससँगै सन् २०२३ को तीन महिनाको अवधिमा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । मार्चमा यो संख्या उल्लेख्य बढेको छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ । यससँगै अप्रिल महिनामा आगमन अझ बढ्ने गर्छ ।

मार्च महिनामा कुन वर्ष कति पर्यटक आए ?

सन् २०१९ : १,२७,३५१
सन् २०२० : ४२,७७६
सन् २०२१ : १५,२५४
सन् २०२२ : ४२,००६
सन् २०२३ : ९९,४२६
सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमरिका

यो महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । तेस्रो स्थानमा भने बेलायती देखिएका छन् । यसबाहेक युरोपबाट अन्य मुलुकका पर्यटकको आगमन समेत सकारात्मक देखिएको छ ।

चिनियाँ पर्यटक समेत बढ्ने क्रममा रहेका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा मार्चमा २ हजार ६३५ जना चिनियाँ नेपाल आएको तथ्यांक छ । दक्षिण कोरियाबाट २ हजार ६३९ जना नेपाल आएका छन् । बंगलादेशबाट २ हजार ४६६ जना पर्यटक नेपाल आएका छन् ।

कुन मुलुकबाट कति पर्यटक भित्रिए ? (मार्च २०२३)

भारत : २५,९११
अमेरिका : ९,५५७
बेलायत : ६,१३३
जर्मनी : ४,१४९
श्रीलंका : ३,८९८
थाइल्याण्ड : ३,८२९
फ्रान्स : ३,००९
कोरिया : २,६३९
चीन : २,६३५

khanepani