काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

आजदेखि बुटवल-पाल्पा सडक दैनिक ९ घण्टासम्म बन्द रहने

4.11K
shares
khanepani bord

बुटवल । आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निर्माण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफ्टमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निर्माणस्थल वरपर आउजाउमा समेत रोक लगाइएको छ ।

अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द रहने जारी सूचनामा भनिएको छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठकको निर्णय छ ।

सोही निर्णय अनुसार आज देखी सो सडक दैनिक ९ घण्टा बन्द गरिन लागेको सार्वजनिक सूचना जारी गरिएको छ ।

khanepani