काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज विश्वकपमा सिधा छनोट भएन, नेपालसहित १० टिमसँग छनोट खेल्ने

4.28K
shares
khanepani bord

काठमाडौ । काठमाडौ आइतबार दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-० ले जितेसँगै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा छनोट हुने सम्भावना बलियो बनाएको छ।

विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा आठौं स्थानमा उक्लिएसँगै दक्षिण अफ्रिकाको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको हो।

दक्षिण अफ्रिका आठौ स्थानमा उक्लिएसँगै वेस्ट इन्डिज भने विश्वकपमा सिधा छनोट हुन असफल भएको छ। सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले अब विश्वकप २०२३ मा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नु पर्ने भएको छ।

यसअघि १९९६ को विश्वकप च्याम्पियन श्रीलंकाले पनि विश्वकपमा सिधा स्थान बनाउन असफल भएको थियो।

सुपर लिगका शीर्ष आठ टिम भारतमा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।

अब आठौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ।

एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ। आयरल्यान्डले तीनै खेलमा बंगलादेशलाई हराए विश्वकपमा स्थान बनाउनेछ।

विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात टिम छनोट भइसकेका छन्।

जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।

विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमान गरी ७ टिमले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ३ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। प्लेअफ क्वालिफायर नामिबियामा जारी छ।

विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुने छन्।

khanepani