काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु,नयाँ नेतृत्व चयन

3.74K
shares
khanepani bord

रुपन्देही । हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।

देशभरबाट १५ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरू रुपन्देहीमा आएका छन् ।

महासभा पूर्व मङ्गलवार विशाल धार्मिक सद्भाव र्‍याली निकालिएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल रामनगरमा महासभाको मूल कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्र रक्षा र धर्म रक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दू महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

हिन्दू धर्मको जागरण ल्याउन महासभामा विशेष छलफल गरिने पौडेलले बताए ।

khanepani