काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

आन्तरिक असहमतिले रोकिएको माओवादी घटकहरूको संयुक्त अन्तरक्रियाको मिति तय

4.23K
shares
khanepani bord

काठमाडौं । माओवादी घटकहरूको संयुक्त अन्तरक्रिया चैत २७ गते हुने भएको छ । यसअघि फागुन ३० गते हुने भनिएपनि आन्तरिक असहमतिको कारणले रोकिएको थियो ।

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा माओवादी घटकहरुको अन्तरक्रिया प्रज्ञा भवनमामा आयोजना गरिएको माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।

उनले भने, ‘पहिला बस्ने भनिएको विविध कारणले बस्ने सकेको थिएन । त्यसैले अहिले चैत २७ गतेको लागि कार्यक्रम तय भएको छ । त्यहाँ शान्तिप्रक्रिलाई छिटो कसरी टुंग्याउन सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।’

उनले त्यहाँ माओवादी घटकका सबै दललाई बोलाइएको बताए ।

यसअघिको कार्यक्रममा असन्तुष्ट नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमतलगायत दलहरूको उपस्थिति सम्बन्धमा उनले भने, ‘उहाँहरुले पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने विज्ञप्तिको विषयमा फरकमत राख्नुभएको हो । एजेण्डाको विषयमा एकैठाउँमा छौं । हामीले खबर गरेपछि आउनुहुन्छ या हुन्न उहाँहरूको कुरा हो ।’

उनले अन्तरक्रिया माओवादी केन्द्रसहित विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी, वैज्ञानिक समाजवादी, माओवादी समाजवादीलगायत दल एकैठाउँमा रहेको बताए ।

द्वद्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू एकै ठाउँमा उभिएका थिए । अहिले प्रचण्डले नेतृत्वको सरकार भएकाले संक्रमणकालीन न्यायलाई चाँडो टुंग्गोमा पुर्‍याउनुपर्नेमा एकमत छन् ।

तर, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संयुक्त अपिलको ड्राफ्टमा प्रचण्डले संशोधन गरेपछि केही घटकहरू मोर्चाबाट बाहिरिएका छन् । उनीहरूले बाहिरै बसेर भूमिका निभाउने बताउँदै आएका छन् ।

khanepani