काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै, लघुवित्तपीडितहरूले माइतीघरमा थाले अनशन

3.93K
shares
khanepani bord

काठमाडौं । लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले काठमाडौंमा अनशन थालेका छन् ।

लघुवित्तहरूले गरिब जनतालाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट माइतीघरमा रिले अनशन सुरू गरिएको हो ।

उनीहरूले लघुवित्तलाई नव सामन्तीको संज्ञा दिँदै त्यस्ता संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् ।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन अनसन सुरू गरिएको र विभिन्न जिल्लास्थित प्रशासन कार्यालयमा धर्ना कार्यक्रम राखिएको बताए ।

उनले लघुवित्त संस्थाहरूले मुनाफामात्र ध्यान दिएर जनतालाई मारमा पारेको गुनासो गरे ।

khanepani