काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार क्रमशः ओरालो

4.51K
shares
khanepani bord

काठमाडौं । विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार उकालो लाग्न सकेको छैन । चैत १७ गते देशको अर्थ मन्त्रालयले अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पाएको थियो । त्यसको अघिल्लो दिन नै अर्थमन्त्रीमा डा. महत आउने हल्ला थियो । तैपनि शेयर बजारले राम्रो रेस्पोन्स (प्रतिक्रिया) दिएको थिएन ।

महत आएको तीन दिनसम्म समेत शेयर बजार बढेको छैन । अर्थमन्त्री आएको पहिलो कारोबार दिन आइतबार बजार २० अंकले घटेर १८८८.५५ विन्दुमा अडियो । १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारको पूँजीकरण २७ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ पुग्यो ।

दोस्रो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार रकमसमेत खुम्चिएर ९२ करोड २ लाख ५९ हजार रुपैयाँमा झर्‍यो । तेस्रो दिनको कारोबारमा पनि शेयर उकालो लाग्न सकेन । यस दिन बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा आइपुगेको छ । कारोबार रकम ९१ करोडमा खुम्चियो ।

यसबीच अर्थमन्त्री महतले शेयर बजारमा देखिएको समस्या समाधान गर्न लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग सुझाव मागेका छन् । अर्थमन्त्रीसँग प्रयासबाट लगानीकर्ता विश्वस्त नभएको देखिन्छ । जसको असरले बजार उकालो लागेन ।

लगानीकर्ता अम्बिका पौडेल भने कोही अर्थमन्त्री आउँदै र जाँदैमा बजार प्रभावित नहुने बताउँछन् । बजार यसअघि नै निकै घटिसकेको र अझै पनि उपयुक्त औषधि नपाए तल झर्ने उनको भनाइ छ ।

उनी भन्छन, ‘अब बजारलाई ढाडस दिँदै बोलेरमात्र हुँदैन, औषधि नै दिनुपर्छ । सरकारले नीतिगत डिपार्चर नगरे बजार अझै तल घटे पनि अचम्म नमान्दा हुन्छ ।’

ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट शेयर बजारमा अब बोलेरमात्र नहुने बताउँछन् । अहिलेको अर्थमन्त्री बजारका लागि टेस्टेड नभएकाले अब उनले लिने नीतिलाई मात्र बजारले पत्याउने रानाभाटको भनाइ छ ।

‘विष्णु पौडेल टेस्टेड भएकाले उहाँ आउने हल्लाले मात्र पनि बजार बढेको थियो’, उनले भने । अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि बजार विस्तारै हरियाली बनेको थियो । पुस १४ गते शेयर बजारले २ हजारको विन्दु पार गर्दै २०२९ मा उक्लियो । यतिबेलासम्म बजार पूँजीकरण २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको थियो ।

विस्तारै बढ्दै गएको बजार माघ ५ गते २१७८.८१ विन्दुमा अडियो । बजार पूँजीकरणले ३१ खर्ब ४५ अर्ब रुपैयाँ नाघ्यो । सत्ता समीकरण बदलिएपछि फागुन १५ गते अर्थमन्त्री विष्णु पौडेलसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिए । पौडेलले राजीनामा दिनुअघि नै बजार घट्न थालेको थियो । राजीनामापछि बजार अधिकांश कारोबारमा घट्दै गएको देखिन्छ ।

अहिले देशको अर्थतन्त्र नै सकसमा छ । राजस्व संकलन प्रभावकारी हुन सकेको छैन । आम्दानीभन्दा खर्च बढी छ ।

khanepani