काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

सल्यानको कालीमाटीस्थित स्थानीय आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु

2.65K
shares
khanepani bord

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । साथै त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।

आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार बेलबहादुर आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो ।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

प्रहरीले अहिले भरुवा बन्दुकसहित बेलबहादुर आलेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । शिकार खेल्नको लागि भरुवा बन्दुकमा बारुद भरेर राखेको र खेल्दै जाने क्रममा बालबालिकाले चलाएको उनको भनाइ छ ।

khanepani