काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

केयूकेएलका सिइओ शाक्यलाई खोसिएको अधिकार फिर्ता गर्दै सेवाबाट हटाउन ३५ दिने स्पष्टिकरण

3.26K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का सिइओ मिलनकुमार शाक्यको दुई वर्षको कार्यसम्पादन मुल्याङनको सूचांक धेरै कमजोर भएको आज अर्थात चैत्र २१ गते साँझ बसेको बोर्ड बैठकले निर्णय गरेको छ ।

उनलाई बोर्डले सेवाबाट किन नहटाउने भन्र्दै ३५ दिने स्पष्टिकरण समेत सोध्ने निर्णय गरेको सूचना प्राप्त भएको छ । सिइओ शाक्यको मंसिर १९ गतेको बोर्ड बैठकले खोसेको अधिकार आजकै बैठकले फिर्ता समेत गरेर डुलमुले निर्णय गरेको छ ।

बोर्डमा रहेका सदस्यहरुलाई प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले शाक्यलाई पुनः केयूकेएलको सिइओमै फिर्ता गराउन दिएको दवावका कारण यस्तो निर्णय बोर्ड गर्न बाध्य भएको केयूकेएल बोर्ड स्रोतले नेपाली जनतालाई बताएको छ ।

कार्य सम्पादनमा ५० प्रतिशत अंक प्राप्त गर्न नसकेमा उनलाई सेवाबाट हटाउन ३५ दिनको स्पष्टिकरणको मौका दिनु पर्ने कार्यसम्पादन करार सझौतामा उल्लेख भएका कारण उक्त मौका दिइएको बोर्डले दावी गरेको छ ।

बोर्डमा अध्यक्ष लगाएत केहि सदस्य तत्काल हटाउनु पर्ने पक्षमा देखिएपनि केहि सदस्य तत्काल हटाउनु नहुने पक्षमा विभाजित भएका थिए ।

khanepani