काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

कर्मचारीहरुका छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गराउन जनप्रतिनिधि,मेयर शिवराजको अपिल

4.23K
shares
khanepani bord

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

आधारभूत र माध्यमिक शिक्षा नगरपालिकाबाट निःशुल्क र अनिवार्य गरिएको उल्लेख गर्दै नगरपालिकाले अङ्ग्रेजी, नेपाली वा अन्य कुनै पनि माध्यमबाट दिइने शिक्षामा कुनै शुल्क नलाग्ने बताएको छ ।

नगर प्रमुख अजय थापाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अन्य संस्थामा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरिएको बताए ।

IME
khanepani