काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप

4.42K
shares
khanepani bord

दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ ।

दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरीमा दिएकी छन् ।

पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन्।

आरोपित पौडेल सोही विद्यालयका प्रावि शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए ।

जाहेरी परेपछि आरोपी शिक्षक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

khanepani