काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

वडाको पहलमा २० जना विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु

4K
shares
khanepani bord

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३, धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ ।

धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको शुभारम्भ गरेको हो ।

वडाध्यक्ष कुलबहादुर विक वडाका युवालाई स्वदेशमै स्वाबलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि आफूहरूले नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको बताउँछन् ।

उनका अनुसार सुरुमा २० जना युवालाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउन थालिएको हो । यस्तो कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नमा ठूलो भूमिका खैल्ने अध्यक्ष विकको विश्वास छ ।

‘मेरो गाउँ अलिकति दुरदराजमा पर्छ । मेरो गाउँमा लोकसेवा पास गरेर सरकारी सेवामा रहेकाहरु नगन्य छन् । यसकारण तयारी कक्षा सञ्चालन गरेर सरकारी सेवामा पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उदेश्य छ,’ उनले भने ।

आफ्नै खर्चमा तीन जना र बाँकी १७ जनालाई वडाबाट आवश्यक रकम व्यवस्था गरिएको उनले जानकारी दिए ।

एक महिना बढी समय सदरमुकाममा राखेर पढाउनका लागि दुई लाख रकम छुट्याइएको उनले बताए ।

यस कार्यबाट सकरात्मक प्रतिफल आउने विश्वास आफूलाई रहेको उनले सुनाए ।

khanepani