काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

उपेन्द्रलाई ओलीको प्रश्न, जितेपछि फूलमाला अबिर लगाउनुबाहेक मधेशका लागि के गर्नुहुन्छ ?

4.38K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अफ्ठ्यारोमा साथ दिँदासमेत धोका दिएको बताएका छन् ।

एमालेको चुनावी अभियान सुरु गर्न गढीमाइ पुगेको ओलीले भने, ‘अस्ति उहाँलाई आपत् परेको बेलामा। कांग्रेस, माओवादीले छाडेको बेलामा त्यस बेलामा एमालेले आउ मिलेर जाऔं साथ छ भन्नेर लिएर हिँड्यो। माथि पुगेपछि उहाँको भूमिका त बेग्लेबेग्लै देखिन थाल्यो ।’

अहिले देश लुट्न बनेको दश दलीय गठबन्धनको एउटा सदस्य रहेको बताए । उनले मधेशको विकास गर्ने उपेन्द्र नभएर एमालेले मात्रै सक्ने भएकाले भ्रममा नपर्ने आग्रह गरे ।

उनले भने, ‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो । त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटासोझा जनता यहाँ छन् भनेर बारा आएका छन् । उहाँ जितेपछि फुलमाल अबिर लगाउनुबाहेक गर्नु के हुन्छ ? मन्त्री खानुहोला त्यो भन्दा बढी के गर्नुहुन्छ ? विकास गर्नुहुन्छ ? उहाँबाट विकास हुन्छ ?’

IME
khanepani