काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

कृषि विकास बैंकले सातै प्रदेशमा गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

4.5K
shares
khanepani bord

काठमाडौं । कृषि विकास बैंकले देशका सातवटै प्रदेशका विभिन्न नौ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

चैत ७ देखि १२ गतेसम्म सञ्चालन गरिएको कार्यक्रम नेपाल राष्ट्र बैंकको आव्हानमा बैंकले प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धकहरु, प्रदेश प्रमुख, क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकको उपस्थितीमा कार्यपत्रको प्रस्तुतीकरण सहितको कार्यक्रम सम्पन्न गरेको बैंकले बताएको छ ।

देशभर संचालित कार्यक्रममा सहभागीलाई बचत के हो रु, खाताका प्रकारहरु, बैक तथा वित्तीय संस्थाहरुले उपलव्ध गराउने सेवा तथा सुविधाहरु, उद्यमशीलता, कर्जा प्राप्त गर्ने प्रक्रियाहरु, बैकसँग कारोवार गर्दा हुने फाइदा, डिजिटल बैकिंग प्रोडक्ट आदि विषयमा जानकारी प्रदान गरिएको बैंकले बताएको छ ।

साथै बैंकले कसरी काम गर्छ ? बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकार, उद्यमशीलता विकास, बैंकले दिने वित्तीय सेवा र बैंकबाट नै किन कारोबार गर्ने ? लगायत विविध विषयमा प्रकाश परिएको बैंकले बताएको छ ।

khanepani