काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

4.03K
shares
khanepani bord

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।र, २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।

khanepani