काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

७ कम्पनीलाई विद्युत प्राधिकरणले सोध्यो, ठेक्का रद्द किन नगर्ने ?

4.13K
shares
khanepani bord

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न भनेको छ ।

कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी/मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

khanepani