काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

बचतका नाममा खुलेका सहकारी सञ्चालक पैसा जम्मा भएपछि देश छाडेर बेपत्ता हुन्छन् : माधव नेपाल

4.06K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको अर्थतन्त्र सुधारका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

सहकारी क्यालेण्डर र रामेछापका प्राचीन कथाकृत पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै हिजोमात्रै सरकारले न्यूनतम साझा कार्यक्रलले अहिलेको सबै बिषयलाई समेटेको बताए ।

उनले भने, ‘साझा कार्यक्रम हामी सबै गठबन्धन दलले तयार पारेको हो । त्यो कार्यक्रम सार्वजनिक गर्दा पनि मिटरब्जाजको समस्या समाधानका लागि सरकारले कदम चालिसकेको छ । कार्यदल बनाइसकेको छ । कानून बनाउने विषयमा अगाडि बढेको छ । मिटरब्याजपीडितलाई राहत दिन सरकार तयार रहेको प्रधानमन्त्रीको मुखबाट सुनेका छौं ।’

नीजि तथा बचत सहकारीको नाममा अनेक संस्था खुलेका भएपनि पर्याप्त मात्रामा रकम जम्मा भइसकेपछि भइसकेपछि लिएर मुल सञ्चालक देश छाडेर बेपत्ता भइसकेको हुने अवस्थामा आएको बताए।

उनले भने, ‘सञ्चालक देश छाडेर हिँडेपछि लगानीकर्ताहरूको हरिबिजोक हुने गरेका छन् । हामीसँग जोडिएका संघसंस्थाले त्यस्तो गर्ने छैनन् भन्ने विश्वास छ ।’

IME
khanepani