काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

गुल्मीमा आगलागीमा परेर एक जना ८३ वर्षका ज्ञानबहादुर जीसीको मृत्यु

4.78K
shares
khanepani bord

रूपन्देही । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

जीसीको घरमा गएराति करिब १० बजे एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुंगामाटोले बनेको घर जलेर नष्ट भएको छ । घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षकसहितको १४ जनाको टोली घटनास्थल गएको थियो । मृतक जीसी घरमा एक्लै बस्दै आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

उनका २ छोरा रोजगारीको सिलसिलामा विदेशमा छन् । मृतकको शव पोष्टमार्टम गर्न गुल्मी अस्पताल ल्याइएको छ ।

IME
khanepani