संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा, आत्मादाह असफल
वि.सं.२०७९ चैत २४ शुक्रवार १८:१३
shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका हुन ।
उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्मदाहको प्रयास गरेको देखिएको बताए।
‘पारिवारिक कारण देखिन्छ। हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ, एसएसपी कार्कीले भने।
यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
























