काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

सरकारी पक्षको असहयोगका कारण गैरीगाउँ स्थिीत सुकुम्बासीबस्तीमा पसेन डोजर

3.46K
shares
khanepani bord

काठमाडौं । गैरिगाउँमा डोजर चलाएर अनाधिकृत संरचना हटाउने काठमाडौं महानगरपालिकाको प्रयास असफल भएको छ । स्थानीय सुकुम्वासीले पहिल्यैबाट बाटोमा टायर बालेर अवरोध गरेपछि महानगर पछि हट्न वाध्य भएको छ ।

महानगरले केही समयअघि गोरखापत्रमा अनधिकृत संरचना भत्काउन सूचना जारी गरेको थियो । त्यहीअनुरुप आज महानगरले डोजर चलाउने स्थानीयमा त्रास भएपछि उनीहरु प्रतिकारमा उत्रन तम्तयार भएर सबै नाकामा बसेका थिए ।

बालेनका समर्थकहरू पनि त्यहाँ पुगेर नारावाजी गर्न थालेपछि मुठभेडको त्रास बढेको थियो । तर प्रहरीको साथ नपाएपछि जबरजस्ति सुकुम्वासी बस्तिमा डोजर पसाउन महानगरले हिम्मत गरेन ।

महानगरले संरचना भत्काउन डोजर, नगर प्रहरी तैनाथ राखेको थियो । आज दिउँसैदेखि सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना थियो । तर सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले इन्कार गरेको बुझिएको छ ।

मेयर बालेन स्वयम् सिनामंगलस्थित एपीएफ गणमा पुगेर सुरक्षाका लागि आग्रह गरेका थिए । गणले भने आफूहरुलाई गृह मन्त्रालयको आदेश नआएको भन्दै आएको खण्डमा सहयोग गर्ने बताएको थियो । त्यसपछि बालेन निस्किए । स्थानीय आक्रोशित बनेर सडक अवरुद्ध गरेपछि उनी त्यस स्थानमा पुग्न सकेनन् । महानगर कार्यालयमा तयार रहेका नगर प्रहरी पनि सुरक्षा थ्रेटका कारण पछि हटे ।

khanepani