काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

सरकार अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने अवस्थामा पुग्दै, अर्थसचिव रायले देखाए यी कारण

3.5K
shares
khanepani bord

काठमाडौं । अर्थमन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।

आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधारण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भएको बताएका हुन् ।

सरकारले अर्बौं रूपैयाँ विनायोगदान सामाजिक सुरक्षा भत्ताको रूपमा लामो समयसम्म दिन सक्ने अवस्था नभएको प्रष्ट्याए । सरकारले वार्षिक रूपमा करिब एक सय अर्ब बढी रकम सामाजिक
सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेकोमा जोड दिए ।

उहाँले भन्नुभयो,‘ सामाजिक सुरक्षा कोषमा रोजगारीमा रहेकाहरूले अनिवार्यरूपमा जानुपर्छ भनिएको थियो । सरकारले पनि ५ लाख श्रमिक पुर्‍याउने भनेपनि सकिएको छैन ।

३१ प्रतिशत योगदान हुनुपर्छ । ११ प्रतिशत श्रमिकले योगदान गर्नुपर्छ अलि धेरै भयो भनिएको छ । तर, जसरी भएपनि गर्ने नै हो । अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनैपनि योगदानविना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौं ।’

सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए । १७ सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको उनको भनाई थियो ।

khanepani