काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

ढाकासँग रास्वपाले माग्यो २४ घन्टे स्पष्टीकरण, अनुशासन समितिलाई छानबिनका लागि तीन दिन

2.83K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाका कुमार श्रेष्ठमाथि छानविन गर्ने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुलुक ढकालले बताए ।

छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको उनले बताए ।

केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन समेत दिएको छ ।

khanepani