काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले भने, ‘पुन: नामकरणको ढोका खुला छ’

5.14K
shares
khanepani bord

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेशको नामकरण नगर्दा संघीयता खारेजीको आवाज थप बलियो भएर जाने भएकाले प्रदेशको नामकरण भएको बताएका छन् ।

कोशी नामकरणविरुद्ध आन्दोलनकारीहरूको मागपत्र बुझ्दै संघीयता खारेजीको बहस र आवाज रोक्न प्रदेशको नाम कोशी राखिएको प्रष्टोक्ति दिएका छन् ।

उनले प्रदेशको नाम यो राख्ने र त्यो राख्ने भन्न सक्ने अवस्थामा आफू र प्रदेश सरकार नरहेकाले प्रक्रियाबाट प्रदेशको नाम कोशी रहन गएको बताए ।

उनले भने ‘सार्वभौम सत्ता सम्पन्न प्रदेशसभा सदस्यबाट प्रक्रियाबाट नामको प्रस्ताव आएकाले प्रक्रियाबाट प्रदेशको नाम पारित भएको बताए । पुन: नाम राख्ने विषयमा पनि ढोका खुल्ला छ ।’

उनले यसका लागि प्रक्रिया महत्वपूर्ण रहेको बताए । कुन विधिबाट प्रदेशको पुन: नामकरण गर्ने भन्ने विषयका बहस र छलफल आवश्यक रहेको बताए ।

उनले पुन: जनतामा गएर नामकरण गर्ने कि आन्दोलनबाट भन्ने कुरा बहसको विषय भएको बताए ।

IME
khanepani