काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

नेकपा एमालेनिकट महिला भ्रातृ संगठनको अध्यक्षमा टुका हमाल

2.86K
shares
khanepani bord

काठमाडौं । टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँ कार्यसमिति चयन भएका छ ।

गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् । विमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन ।

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएको सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

khanepani