काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरपालिकाले लैंगिक हिंसामा परेकाको उद्धारका लागि हटलाइन सेवा

4.1K
shares
khanepani bord

काठमाडौं । ललितपुर महानगरपालिकाले लैंगिक हिंसामा परेकाहरुको उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ ।

हिंसामा परेका व्यक्तिले तत्काल उद्धार र राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् । नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाइन ११३१ को बारेमा जानकारी दिन चोकमा पुग्न सुरु गरेका छन् ।

नगर प्रमुख चिरिबाबु महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।

khanepani