काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास हुने गरी अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी आए: रघुजी पन्त

2.17K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा एमालेका नेत रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्रले नेपाली सुरक्षा संयन्त्रलाई अविश्वास गरेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेर अमृतपाल सिंहलाई खोज्न आएको बताएका हुन्।

उनी नेपाल प्रवेश गरेको आशंकासहितका समाचारहरू आइरहेको र उनको खोजी गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको पन्तले बताए।

‘सबैभन्दा संवेदनशील हाम्रो सुरक्षा संयन्त्रले खोजतलास गर्दा नेपालमा छ भनेर पत्ता लाग्न सकेको छैन। तर वीरगन्ज नाका र बाँकेको जमुना नाका भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरू नेपाल प्रवेश गरेका छन्,’ उनले भने, ‘र उनीहरू अमृतपाल खोज्न आएका छन् भनेर समाचारहरू छापिएका छन्। कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजविन गर्ने अधिकार दिएको छैन।’

कयौं देशको सुरक्षा संयन्त्रलाई छलेर भागेका चार्ल्स शोभराजको उदाहरण दिँदै नेपाली सुरक्षाकर्मीमाथि अविश्वास गरिएको बताए।

‘अरू देशबाट भागेर आएका ठूला ठूला अपराधीहरूलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ। उदाहरणको लागि चार्ल्स शोभराजको घटना हेर्न सक्छौं,’ उनले भने, ‘धेरै देशको सुरक्षा संयन्त्रलाई छल्यो तर नेपालमा पक्राउ पर्‍यो र जेल जीवन बिताएर गए। हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास उत्पन्न हुनेगरी भारतीय सुरक्षाकर्मीहरू यहाँ आएर यसरी अमृतपाललाई खोजिरहेका छन्।’

अमृतपाल सिंहलाई भारतीय प्रहरीले खोजीरहेको छ। विखण्डनको आन्दोलन गरेका उनी अहिले फरार छन्।

उनी नेपालमा आएको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले अध्यागमन विभागलाई पत्र समेत लेखेको थियो। उक्त पत्रपछि अध्यागमन विभागले उनलाई आफ्नो सूचीमा समावेश गरेको थियो।

khanepani