काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु,९ जना घाइते

3.93K
shares
khanepani bord

एजेन्सी । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।

khanepani