काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

मिटरव्याज पीडितसँग आज पनि वार्ता गर्दै सरकार

2.05K
shares
khanepani bord

काठमाडौ । काठमाडौ सरकारले मिटरव्याज पीडितहरूसँग आज पनि छलफल गर्ने भएको छ।

न्याय माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरव्याज पीडितहरूसँग सरकारी वार्ता टोलीले गृह मन्त्रालयमा मंगलबार बार्ता गर्न लागेको हो।

दुई दिनसम्म छलफल गर्दा पनि सहमति हुन सकेको छैन। आज तेस्रो दिन पनि मिटरव्याज पीडितहरूसँग सरकारी बार्ता टोलीले छलफल गर्दैछ।

मंगलबार बिहान ११ बजेपछि गृह मन्त्रालयमा छलफल हुनेछ।

यसअघि मिटरव्याज पीडितहरूको एक समूहसँग सरकारले वार्ता गरेर ५ बुँदे सहमतिसमेत भएको थियो।

सरकारले मिटरव्याजपीडितका समस्या बुझ्नका लागि आयोगसमेत गठन गरिसकेको छ।

khanepani