काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने

2.67K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ ।

त्यसको ब्याज रकमबाट युनियनमा आबद्ध कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा हरेक वर्ष सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

कर्मचारी युनियनले सन्चालन गर्ने चिट्टा कार्यक्रम लगायतबाट संकलित रकम अक्षय कोषमा राखिने उनको भनाइ छ ।

‘स्वास्थ्य उपचार लगायतका समस्या समाधानका लागि युनियनका साथीहरुलाई सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दैछौं,’ अध्यक्ष पोखरेलले भने, ‘त्यसको लागि कार्यविधि फाइनल चरणमा छ ।’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको उपस्थितिमा आज दिउँसो ३ बजे अनामनगरमा हुने कार्यक्रममा अक्षय कोष स्थापनाको घोषणा गर्ने अध्यक्ष पोखरेलले बताए ।

khanepani