काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय, कर्जाको विषयमा किन मौन ?

3.15K
shares
khanepani bord

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैकर्स संघले वैशाख देखि लागु हुने गरी निक्षेपको ब्याजदर एकल अंकमा झारेको छ ।

बुधवार बसेको बैकर्स संघको बैठकले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको संघका सदस्य तथा एभरेष्ट बैंकका सिइओ सुदेश खालिङले जानकारी दिए ।

अब वैशाखबाट मुद्दती निक्षेपको ब्याजदर ९.९ प्रतिशत हुनेछ । अहिले बैंकहरुले यसमा ११ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यस्तै संस्थागत निक्षेपको ब्याजदर ७।९ प्रतिशत हुनेछ ।

तर कर्जाको विषयमा भने कुनै निर्णय गरिएको छैन । कर्जाको ब्याजदरको विषयमा आधार दरले नै निर्णय गर्ने भएकाले चैत मसान्तपछि बैंकहरुको वास्तविक आधार दर सार्वजनिक हुने खालिङले बताए ।

अहिले बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याजदर निर्धारण गर्दै आएका छन् ।

IME
khanepani