काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

एमाले संविधान विरोधी भन्नेलाई शंकर पोखरेलको जवाफ- संविधान कुनै लकिरका फकिर होइन

2.6K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले संविधान मान्दैन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ। पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संविधान बदल्नै नमिल्ने चिज नभएको बताए।

उनले भने, ‘एमालेले संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भयो। क्रान्तिकारीका लागि संविधान अगाडि बढ्नका लागि सहज हुन्छ भने मान्ने हो। सहज हुँदैन भने बदल्ने हो। संविधान कुनै लकिरका फकिर होइन। बदल्न नमिल्ने चिज पनि होइन।’

सिङ्गो आन्दोलनलाई संविधानवादको जंजालभित्र राखेर व्याख्या गर्न नमिल्ने उनको तर्क छ।

उनले थपे, ‘सिङ्गो आन्दोलनलाई संविधानवादको जंजालभित्र राखेर व्याख्या गर्न गर्न खोजिँदै छ। अहिले पनि नेताहरू त्यही व्याख्या गरिराख्नुभएको छ। एमालेले संविधान मानेन भनेर संविधान नमान्ने घोषणा गर्नेसँगै सहकार्य गरिराख्नुभएको छ।’

उनले एमाले संविधान विरोधी भएको भन्दै ओलीले संसद् विघटन गरेपछि विद्रोह गरेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका छन्।

IME
khanepani