काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

3.22K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन्।

‘ भारतबाट नेपाल फर्कदै गर्दा बझाङबासी दाजुभाईहरु जीप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरुको घटनास्थलमै मृत्यु भएको छ। ५ जना घाईते भएका छन्,’ उनले भने, ‘ लासहरु बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन्। त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत् उनीहरुको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुखद घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो। सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले लास समेत बुझेका छैनन्।

सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा लास राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन्। तर सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ ।

khanepani