काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आए चिनियाँ पर्यटक, विमानस्थलमा मन्त्रीले गरे स्वागत

6.16K
shares
khanepani bord

काठमाडौं । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे । पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ ।

आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।

विभागका महानिर्देशक होम प्रसाद लुइँटेलले भने, ‘एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु हाम्रो लागि खुसीको कुरा हो, त्यसैले मन्त्रीज्यू, राजदूत र हामीहरु विमानस्थलमै पुगेर स्वागत गर्यौं ।’ ७०० चिनियाँ पयर्टकहरु नेपाल भ्रमणमा आउन लागेको र त्यही समूहको पहिलो लट आज आएको लुइँटेलको भनाइ छ ।

khanepani