काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

शेखर कोइरालाले भने, ‘सरकार र काठमाडौं महानगर दुवै सच्चिनु पर्छ’

1.92K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गरेका छन्।

उनले महानगर प्रमुख बालेन शाहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।’

उनले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्न नमिल्ने उनको भनाइ छ।

‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ’ उनले भनेका छन्।

सरकार र काठमाडौं महानगर प्रमुखबीच पछिल्लो समय टकराब देखिएको छ। मेयर शाहले आज मात्रै काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन्।

khanepani