काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

बिरामीका परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले माग्यो २० लाख

2.67K
shares
khanepani bord

काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ ।

केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भनेका छन् ।

काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा गत असार २२ गते मृत्यु भएको थियो । लामाका लागि मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो लिइएको थियो ।

केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार अप्रेशनको क्रममा बिरामीको मृत्यु भएको र आफन्त पक्षले अस्पताल नै घेराबन्दी गरेपछि ज्यान जोगाउनै मुस्किल भएकाले सहमति अनुसार केन्द्रले क्षतिपूर्ति २० लाख उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

डा. पुकारले मन्त्रालयमा पठाएको पत्रमा मृतकका परिवार पक्षबीच असार २२ गते मध्यराति भएको सम्झौता अनुसार क्षतिपूर्ति वापतको २० लाख रुपैयाँ उपलब्ध गराउन भनिएको छ ।

मानव अंग प्रत्यारोपण विकास समितिको गत भदौ २४ गते बैठक सम्झौता अनुसार मृतकका परिवारलाई रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाउने निर्णय गरेको थियो । तर, अर्थले उक्त विषय अर्थ मन्त्रालयभन्दा बाहिरको विषय भएको भनी पत्र फिर्ता पठाएको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले केन्द्रकै विकास समितिबाट निर्णय गरी विकास समितिकै कोषबाट क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रलाई पत्र पठाएको थियो । स्वास्थ्य मन्त्रालयको उक्त पत्र पछि केन्द्रले पुन मन्त्रालयमा पठाउँदै रकम उपलब्ध गराउन भनेको हो ।

‘यो त सरकारी संस्था हो । केन्द्रको विकास समितिसँग पनि क्षतिपूर्ति दिनका लागि नभएपछि क्षतिपूर्ति दिनकालागि मन्त्रालयमा पत्र पठाएका हौं,’ डा. श्रेष्ठले भने ।

khanepani