वर्षामान पुनकी आमालाई निवासमै लाग्याे गाेली , पीएसओ पक्राउ
वि.सं.२०८० वैशाख २ शनिवार ०९:३०
shares

काठमाडौं । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने घरमा गाेली चलेकाे छ ।
पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी हुन्।
उनलाई खुट्टामा गोली लागेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले नेपालप्रेसलाई बताए । पुनकाे घरमा प्रहरीकाे भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे । पुनकाे आमालाई गाेली चलाउने प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे ।
























