शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन
वि.सं.२०८० वैशाख २ शनिवार १०:३९
shares

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जाेशीकाे आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षकाे उमेरमा ललितपुरको इमाडाेलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनकाे उपचारको क्रममा बिहान निधन भएकाे अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले बताइन् । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।
























