काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन र आगजनी

4.49K
shares
khanepani bord

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ ।

फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेको छ । परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका बीबीसीले खबर लेखेको छ ।

प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् । ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने उद्घोष पनि गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपरेको तर्क गरेका छन्। गत मार्चमा सरकारले एक विशेष संवैधानिक अधिकार प्रयोग गरी यो परिवर्तन गरेको थियो, जसका लागि मतदान गरिएन ।

शनिबार बिहान म्याक्रोंले उक्त प्रस्तावमा हस्ताक्षर गरी कानुनमा परिणत गरेका हुन् ।

khanepani