काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमणका कारण चितवनमा आठ महिनापछि एक जनाको मृत्यु

4.28K
shares
khanepani bord

चितवन । कोरोना संक्रमणका कारण चितवनमा आठ महिनापछि एक जनाको मृत्यु भएको छ ।

चितवन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार कोरोना संक्रमण भएर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । योसहित चितवनमा कोरोना सक्रमित भएकामध्ये हालसम्म ४५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।

यसअघि चितवनमा कोरोनाका कारण साउन २३ मा एक जनाको मृत्यु भएको थियो । त्यसयता संक्रमण नरोकिए पनि निधन भएको थिएन । कात्तिक १८ पछि चितवनमा कोरोना संक्रमण शून्यमा पुगेको थियो । कात्तिकपछि गएको चैत्र २१ मा दुई जनामा संक्रमण भेटिएको थियो ।

हालसम्म चितवनमा कोरोना संक्रमण हुनेहरुको कुल संख्या ३४ हजार ५० पुगेको छ । जसमध्ये निको हुन बाँकी सक्रिय संक्रमितहरु हाल १० जना छन् । संक्रमण बढ्न थालेको हुँदा सजग रहेर स्वास्थ्य मापदण्ड पालन गर्न स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा चापागाईंले अनुरोध गरेका छन् ।

IME
khanepani